विश्वकप क्रिकेट: अंक तालिकामा "वर्षा" शीर्ष स्थानमा

४ बर्ष अगाडि

एजेन्सी – विश्वकप क्रिकेट २०१९ अन्तर्गत बिहीबारका लागि तय भारत र न्युजिल्याण्डबीचको खेल पनि वर्षाका कारण हुन सकेन । यसअघि नै तीन खेल वर्षाका कारण रद्द भइसकेका छन् । 

श्रीलंका–पाकिस्तान, श्रीलंका–बंगलादेश र वेस्ट इन्डिज–दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण हुन सकेका थिएनन् । यस्तोमा बिहीबारको खेल पनि प्रभावित बनेपछि करोडौं क्रिकेट मन पराउने करोडौं दर्शक निराश बनेका छन् ।
हालसम्मको अंक तालिका


क्रिकेट प्रेमीहरुले यतिखेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसीसी० को आलोचना गरिरहेका छन् । वर्षाको मौसममा खेल राखेका कारण एकपछि अर्को खेल प्रभावित भएकोमा उनीहरुले आइसीसीको आलोचना गरेका हुन् ।

ट्रोलमा अंक तालिका

केही क्रिकेट समर्थकले त जारी विश्वकपमा वर्षा अंक तालिकामा शीर्ष स्थानमा उक्लेको भन्दै मजाकको विषय पनि बनाएका छन् । त्यसो त चार खेलमा तीन जितेको र बिहीबार खेल हुन नपाएका कारण भारतसँग अंक बाँडेको न्युजिल्याण्ड ७ अंकसहित तालिकामा शीर्ष स्थानमा छ । 

तर अहिलेसम्म चार खेल वर्षाका कारण प्रभावित भइसकेका छन् । क्रिकेट समर्थकले गरेको ट्रोलअनुसार यस हिसाबले वर्षाले ४ खेल जित्दै ८ अंक जोडेको छ । त्यसैले अहिलेसम्मको अवस्थामा वर्षा अंक तालिकामा शीर्ष स्थानमा छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया