काठमाडौं – नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले बर्दियाका अति विपन्न परिवारलाई निशुल्क मिटर वितरण गरेको छ ।
कुलमान घिसिङको निर्देशनपछि केन्द्रले विद्युत मिटर खरिद गर्न नसक्ने गरिब परिवार निशुल्क बाँडेको हो । पहिलो चरणमा २५ परिवारलाई मिटर वितरण गरिएको हो ।
विपन्न परिवारसँगै सास्कृतिक महत्त्वका स्थानमा पनि निशुल्क मिटर बाँडिएको छ । मिटर अभावमा हुने चोरी चुहावट नियन्त्रण गर्न निशुल्क मिटर बाँडिएको हो ।
चालु आर्थिक वर्षभित्र १ हजार ५ सय मिटर निशुल्क बाँड्ने केन्द्रको लक्ष्य छ । धार्मिक तथा सांस्कृतिक महत्वका स्थानमा पनि हुकिङ हुने हुँदा मिटर निशुल्क दिएर नियमित महसुल उठाउने तयारी सुरु गरेको प्राधिकरणले जनाएको छ । सो वितरण केन्द्र अन्तर्गत ७६ हजार ग्राहक छन् ।
प्रतिक्रिया