काठमाडौं – नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय विभागका प्रमुख तथा कार्यकारी निर्देशक अवकाश पाएको ५ दिन पनि नपुग्दै बीमा क्षेत्रमा जागिर खान पुगेको पाइएको छ ।
बैंकको कार्यकारी निर्देशकबाट केही दिन पहिले मात्र अवकास पाएका नारायण पौडेल प्रभू लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी पदमा नियुक्त भएका छन्। यो सामान्य सिद्धान्त र पद्दती भन्दा पनि बाहिरको कुरा भएको जानकारहरुको भनाइ छ ।
कूल ३० बर्ष सेवा अवधिका कारण कार्यकारी निर्देशकबाट अवकाश पाएका पौडेल बैंकिङ क्षेत्रका बारेमा राम्रो ज्ञान भएका कर्मचारीको रुपमा चिनिन्थे । उनी यही जेठ २६ गते अवकाश भएका हुन् उनलाई प्रभु लाइफ इस्योरेन्सको ३० गतेको सञ्चालक समितिले प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।
उनलको नियुक्तीलाई बीमा समितिले स्विकृति दिएपछि मात्र उनले काम गर्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया