कप्तान रामोसले गरे रोनाल्डोलाई बेवास्ता !

४ बर्ष अगाडि

एजेन्सी – स्पेन एवंम् रियल म्याड्रिडका कप्तान सजियो रामोस विवाह बन्धनमा बाधिने तयारीमा छन् । साताको अन्त्यमा रक्षक रामोसले प्रमिका पिला रोवियोसँग सेभिल्लामा विवाह गर्दैछन् । विवाहमा उनले कस कसलाई निम्ता पाठाएका छन् वा छैनन् भन्ने विषय चर्चामा छ ।

इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम र उनका श्रीमति भिक्टोरिया बेकह्यामलाई पनि उनले निम्ता पाठाइरहेका छन् । यहाँ सम्मकी व्यक्तिगत रुपमा सम्बन्ध चिसो भएका जेरार्ड पिके र उनका श्रीमति साकिरालाई पनि बोलाएका छन् ।

तर, उनले लामो समय रियलमा सँगै बिताएका क्रिस्टियानो रोनाल्डोलाई भने निम्ता गरेका छैनन् । उनलाई निम्ता नगर्नुको कारणमा यी दुई खेलाडीबीचको पछिल्लो समयको तिक्ततालाई लिइएको छ । ९ वर्ष रियलमा बिताएका रोनाल्डो गत सिजन नयाँ चुनौतिका लागि भन्दै इटालियन क्ल्ब युभेन्ट्स गएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया