भारतसँग खेल्न पाऊ भनेर भीख माग्दैनौ : पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष

४ बर्ष अगाडि

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मानिले भारतसँग खेल्न पाऊ भनेर भीख नमाग्ने बताएका छन् । गद्दाफी स्टेडियममा शुक्रबार सन्चारकर्मीसँग कुरा गर्दै उनले सभ्य र गरिमापूर्ण हिसाबले मात्रै भारतसँग द्विपक्षीय सम्झौता हुन सक्ने बताएका हुन् । 

भारत र पाकिस्तान विश्वकप क्रिकेट २०१९ अन्तर्गत आइतबार म्यानचेस्टरमा भिड्दै छन् । यी दुई मुलुकबीचको प्रतिस्पर्धा खेलभन्दा पनि युद्धजस्तो हुन्छ । यी दुई मुलुकबीच बहुपक्षीय प्रतियोगिताबाहेक जनवरी २०१३ यता द्विपक्षीय प्रतिस्पर्धा भएको छैन ।

‘हामीसँग खेलिदेऊ भनेर भारत वा अन्य कुनै मुलुकसँग भीख माग्दैनौ । भारतसँगको खेल पुनः आरम्भका लागि सभ्य र गरिमापूर्ण हिसाबले मात्रै द्विपक्षीय सम्झौता हुनसक्छ,’ मानीले भने ।

४ बर्ष अगाडि

प्रतिक्रिया