ओम अस्पतालमा तोडफोड, चार प्रहरीसहित पाँच जना घाइते

४ बर्ष अगाडि

काठमाडौं। चाबहिलस्थित ओम अस्पतालमा तोडफोड भएको छ । उपचाररत एक महिलाको मृत्युपछि अस्पतालमा आफन्तले नाराबाजीसहित आक्रमण गरेका हुन् ।

बिहीबारदेखि आन्दोलन जारी राखेका आफन्तले अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द बोगटीले जानकारी दिए । डीएसपी बोगटीले भने, ‘अस्पताल परिसरभित्र प्रवेश गरेर अस्पतालमा तोडफोड र नाराबाजी गरिएपछि स्थितिलाई नियन्त्रणमा लिइएको हो । अस्पतालजस्तो संवेदनशील ठाउँमा आन्दोलन त गर्न दिनुभएन नि ? ’

प्रहरी र मृतकका तर्फबाट प्रदर्शन गर्नेहरूबीच भएको झडपमा चार प्रहरीसहित पाँच जना सामान्य घाइते भएका छन् ।राजधानी दैनिकमा खबर छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया