कारोबारी पक्राउ

४ बर्ष अगाडि

पोखरा - पछिल्लो समय कास्की प्रहरीले लागु औषध विरुद्ध अपरेसन थालेको छ । पोखरा १० गण्डकी हस्पिटल नजिकैको एक घरबाट ठूलो मात्रामा लागू औषध सहित कारोबारीलाई समेत पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा गाउँपालिका-१० शंखमुलका १८ वर्षिय डेबिड तामाङ रहेका छन् । 
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दान बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले तामाङलाई निजकै कोठाबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका डेबिडको साथबाट प्रहरीले डाईजापाम,फेनरागन र नुर्फिन गरी १४६४ एम्पुल,फेन्सिडिल ३ बोरा (३३८ बोत्तल) र नाईट्रोसन चक्की १०० थान गरी जम्मा १९०२ थान लागूऔषध बरामद गरेको छ । 
पक्राउ परेका डेबिड तामाङ माथि थप अनुसन्धान भईरहेको छ । 
गएको जेठ २९ गते पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने ३८ वर्षिया देवी कुमारी गुप्तालाई ९०० थान लागूऔषध सहित पक्राउ गर्न सफल भएका थियो । सोही दिनमै लागु औषध कारोबारी गोविन्द थापालाई पक्रन प्रहरीले गोलि समेत चलाएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया