लिच्ची खाँदा धमाधम बालबालिकाको मृत्यु

४ बर्ष अगाडि

तीन साताकाे बीचमा विहारमा दिमागी रोगका कारण झण्डै ५० बालबालिकाको मृत्यु भएको छ । मृत्युमा लिच्चीमा हुने विषाक्त पदार्थले भूमिका खेलेको देखिएको छ ।

विहारको स्वास्थ अधिकारीले विहिबार यसबारे तथ्याङ्क दिने क्रममा कडा खालको इन्सेफलाईटीसको कारण ४७ बालबालिकाको मृत्यु भएको बताएका छन् । 

जनवरी यता मुज्जफरपुरका दुई ठूला अस्पतालमा त्यस रोगका १७९ विरामी भर्ना भएका अस्पतालले बताएको छ ।

तर बालबालिकाको मृत्यु हुन थालेको भने अघिल्लो हप्ताबाट मात्र हो ।

सन् २०१३ मा इन्सेफलाइटीसका कारण उत्तर प्रदेशमा कम्तीमा पनि ३५१ मानिसकाे ज्यान गएकाे थियाे । 

रगतमा सुगरको मात्रामा एक्कासी कमी हुँदा बालबालिकाको मृत्यु भएको राज्यका स्वास्थ विभागले बताएको छ ।  त्यसमा लिच्चीले पनि भूमिका खेल्यो ।

सन् २०१४ मा देखिएको इन्सेफ्यालोप्याथीको प्रकोपका लागि लिच्चीको सेवन पनि एउटा तत्व भएको ल्यान्सेट ग्लोबल हेल्थ मेडिकल जर्नलमा प्रकाशित समाचार उल्लेख छ । इन्सेफ्यालोप्याथी दिमागी विमारी वा चोट हो र यो इन्सेफलाइटीसबाट लाग्छ ।

अध्ययनले बालबालिका गुमाएका केही अभिभाविकको कुरा पनि उल्लेख गरेको छ । तीमध्ये धेरैले तिनका बालबालिकाहरु कयैन पटकसम्म दिनभरी जसो लिच्ची खाएर साँझ फर्कने गरेको र खाना नखाई सुत्ने गरेको बताएका थिए । लिच्ची खाएर बेलुकाको खाना नखाई सुत्ने बालबालिकामा हाइपोग्लाईकेमिया हुने सम्भावना दुई गुणा देखिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया