त्रि.वि शिक्षण अस्पतालको चमेनागृहमा अख्तियारमा उजुरी

४ बर्ष अगाडि

त्रि.वि शिक्षण अस्पताल टिचिङमा चमेनागृहको टेण्डरमा आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।   

वोलपत्रमा पहिलो नम्बरमा नाम सार्वजनिक भएको कम्पनीलाई अस्वीकृत गरेर तेस्रो नम्बरको कम्पनीलाई स्वीकृत दिएको भन्दै लामा क्याफेका प्रोपाईटर विजय लामाले आयोगमा उजुरी दर्ता गरेका हुन् । 

त्रि.वि शिक्षण अस्पतालको चमेना गृह भाडामा दिन ०७५ चैत्र १८ गते गोरखापत्रमा वोलपत्र आह्वान गरिएको थियो । वोलपत्रमा ७ कम्पनीको नाम छनोट गरिएको थियो । तर  पहिलो र दोस्रो नम्बरमा नाम सार्वजनिक भएको दुई कम्पनीलाई टेण्डर नपारी तेस्रो व्यक्तिलाई टेण्डर पर्ने छाटकाट देखिएको भन्दै टिचिङमाा लामा क्याफे संचालकले छानविन गरि आवश्यक कारवाहीको लागि आयोगमा पत्र दर्ता गरेका हुन् ।

निवेदक लामा क्याफेले कवोल गरेको मासिक भाडा रु. १७ लाख ५१ हजार ११ रुपैयाँ र श्री जयसुमन जनशक्ति सेवा कम्पनी रु. १५ लाख ६५ हजार ६ सय ५९ रुपैयाँ मासिक भाडा राखिएको थियो  ।

लामा क्याफेको भन्दा मासिक  भाडा २ लाख कम भएको तेस्रो नम्बरमा नाम सार्वजनिक भएको कम्पनीलाई वोलपत्र स्वीकृत गर्ने सूचना प्राप्त भएको भन्दै आर्थिक छानविन गर्न माग गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया