मारुनीमा साम्राज्ञी र पुष्पको रोमान्स

४ बर्ष अगाडि

१३ भदौबाट प्रदर्शनमा आउने चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदै छ । गीतलाई लिएर निर्माण टिम निकै उत्साहित छ ।

चलचित्रको फस्ट लुकबाट नै प्रशंसा पाइरहेको ‘मारुनी’ लाई नवल नेपालले निर्देशन गरेका हुन् ।

चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दीपक बज्राचार्यको आवाज छ । चर्चित गीत ‘मन मगन’ पछि दीपकको क्रेज फेरि एकपटक चुलिएको छ ।

गायक बज्राचार्यले ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने बताएका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य पात्र अभिनेत्री साम्राज्ञी शाह र अभिनेता पुष्प खड्काले नृत्य गरेका छन् ।

गीतको भिडियोलाई प्रवीण सिंहले कोरियोग्राफी गरेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया