प्रदर्शनमा पोख्ने राँगाको रगत

४ बर्ष अगाडि

काठमाडौं – राजधानीको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ जर्किन रगत पाेख्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले जर्किनमा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको बताए । 

उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया