अहिलेसम्म कतिले भरे लोकसेवा आयोगको फाराम ?

४ बर्ष अगाडि

काठमाडौंँ– संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २७ गते लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि आवेदन फाराम भर्नेक्रम जारी छ ।

 लोकसेवाका अनुसार शनिबारसम्म एक लाख २९ हजार ७२७ जनाले आवेदन फाराम भरेका छन् ।

लोकसेवा आयोगले जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ जना कर्मचारीका लागि विज्ञापन माग गरेको थियो । 

समितिले सो निर्देशन दिए पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन संविधानविपरीत भएको भन्दै विज्ञापन रद्द नगर्ने बताउँदै आएको छ । 
गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया