कांग्रेस महाधिवेशन कहिले ?

४ बर्ष अगाडि

काठमाडौँ - कांग्रेसमा १४औं महाधिवेशन कहिले गर्ने भन्नेमा आन्तरिक टकराव देखिन थालेको छ । पार्टी नेतृत्वका लागि नेताहरूले ६ महिनादेखि नै दौडधुप थाले पनि महाधिवेशनको तिथि टुंगो लागेको छैन । 
नियमित समयमै गर्दा आगामी फागुनभित्र महाधिवेशन गराउनुपर्छ । सभापति शेरबहादुर देउवाको चारवर्षे कार्यकाल फागुन मसान्तबाट समाप्त हुँदै छ । कार्यकालको नौ महिना बाँकी छँदासमेत महाधिवेशनको तयारी नहुँदा पार्टीभित्रै असन्तुष्टि बढ्न थालेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवालाई दबाबमा पारेरै भए पनि समयमै महाधिवेशन गराउने पक्षमा छन् । तर देउवाले टेरेका छैनन् । ६ महिनाअघि वरिष्ठ नेता पौडेलले ०७६ फागुन ७ मा केन्द्रीय महाधिवेशन सुरु गर्ने गरी सबै तहको अधिवेशनको कार्यतालिका महासमिति र कार्यसमिति बैठकमा लगेका थिए ।

देउवाले त्यसलाई ठाडै अस्वीकार मात्र गरेनन्, छलफलमै ल्याउन चाहेनन् । उल्टै आफ्नो कार्यकाल सकिएको डेढ वर्षभित्र महाधिवेशन हुने जानकारी गराए । कान्तिपुर दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया