भारत र पाकिस्तान भिड्दै

४ बर्ष अगाडि

इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा आज दुई कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुने खेलमा दुवै एक अर्कालाई हराउने दाउमा मैदानमा उत्रिनेछन् । यी दुई कट्टर प्रतिद्वन्द्वीले खेललाई प्रतिष्ठाको लडाईँको रुपमा लिने गर्छन् ।

विश्वकपमा खेलेका अहिलेसम्मका खेलमा भारतलाई पाकिस्तानले हराउन सकेको छैन । त्यसैले पाकिस्तान यो खराब कीर्तिमान भंग गरेर जितको यात्रा सुरु गर्न चाहन्छ भने भारत पनि जितको यात्रालाई निरन्तरता दिन चाहन्छ ।

यसअघि इंग्ल्यान्डमै भएको च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतलाई हराएर पाकिस्तानले उपाधि जितेको थियो ।

जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान अघिल्लो चरणको यात्रा सहज बनाउन पनि भारतलाई हराउने दाउमा छ ।

पहिलो खेलमा दक्षिण अफ्रिका र दोस्रो खेलमा अस्ट्रेलियालाई हराएको भारत तेस्रो जितको खोजीमा छ ।

पाकिस्तानको ब्याटिङ, बलिङ राम्रो भएपनि फिल्डिङ फितलो देखिएको छ । खराब फिल्डिङकै कारण पाकिस्तान अस्ट्रेलियासँग पराजित हुन पुगेको थियो ।

भारत भने निकै बलियो देखिएको छ । भारतका ब्याट्सम्यान राम्रो लयमा छन् भने बलरहरु पनि राम्रो खेलिरहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया