मोटोपन घटाउन चाहनुहुन्छ ? हो भने यसो गर्नुहोस्...

४ बर्ष अगाडि

मोटापन आफैमा समस्या होईन । यो हाम्रो जीवनशैली को कारण समस्या बनेर आईदिन्छ । हामीले दैनिक खाने खानामा व्यालेन्स नमिल्दा शरीरको तौल बढे सँगै अनाआश्यक रुपमा पेट निस्किने गर्दछ । जसले गर्दा हाम्रो शरीरको शुन्दरतालार्इं हानि पुर्याउछ । साथै हिड–डुल गर्न पनि असहज भएको महसुस गर्छौ । त्यसैले यी समस्याहरु हटाउन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ ।

मोटोपन तथा बाहिर निस्केको पेटलाई घटाउने तरिका
मौसम अनुसारको फलपूmल तथा सन्तुलित भोजन खानुहोस् ।

दैनिक व्यवायम गर्ने । व्यायमले शरीरलाई तन्दुरस्त बनाउनुका साथै शरीरको तौलालाई सन्तुलनमा राख्न मद्दत गर्दछ ।

जव सम्म आफ्नो तौल घट्दैन चामलको भात र चिनी कम भन्द कम प्रयोग गर्नुहोस् । किनकि चामलको भात र चिनीमा कढी मात्रमा कार्वोहाड्रेट हुन्छ । जसले गर्दा तपाईको पेट बढ्न मद्दत गर्दछ ।

जंक फुड नखाने । तेलमा तारेको खानेकुराहरु समोसा, चाउमिन लगायत, मःमः, ब्रेड इत्यादि । यी खानेकुराहरु बढी क्यालोरी भएकोले मोटोपन बढाउन मद्दत गर्ने भएकोले यी खानेकुरा खाना नखानुहोस् ।

हामी जुनसुकै तरकारीमा आलु मिसाउने गर्दर्छौ । सामान्ययता आलुविना तरकारी नै खल्लो भए जस्तो लाग्छ । तर मोटोपनहरुका लागि आलु सकभर प्रयोग नगर्दा राम्रो । किनकि यसमा कार्वोहाड्रको मात्र पाईने भएकाले मोटोेपन बढाउन सहयोग गर्ने भएकाले आलु नखादा राम्रो ।

ग्रीन टि पिउने । ग्रीन टि स्वास्थ्यको लागि लाभदायिक मानिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया