बोक्सीको आरोप लगाउने माता झापाको धुलाबारी बाट पक्राउ

४ बर्ष अगाडि

झापा–बोक्सीको आरोप लागेकी झापा धुलाबारीकी ८१ बर्षीय बृद्धा आमालाई न्यायको ढोका खुलेको छ ।

बोक्सीको आरोप लागेकी स्थानीय बृद्धा गंगादेवी बस्नेतको बिषय कानुनी रुपमा अघि बढेको छ । स्थानीय महिलालाई बहकाउँदै आमालाई बोक्सीको आरोप जवरजस्ती लगाउने माताको उपनाम पाएकी महिलालाई पक्राउ परेसँगै कानुनी प्रकृया सुरु भएको हो ।
स्थानीय कुमारी चम्लागाईले माता पबित्रा शिवाकोटी सँग उपचारको क्रममा ति बृद्धा माथि बोक्सीका आरोप लागेको थियो । यस बिषयमा प्रहरीमा उजुरी सँगै पबित्रा शिवाकोटीलाई प्रहरी ले पक्राउ गरेको छ । यस अघि कुमारी चम्लागाईको बिषयमा प्रहरीमा उजुरी परिसकेको थियो । प्रहरीले जिल्ला अदालत बाट पक्राउ पुर्जी सहित ति महिलालाई पक्राउ गर्न खाज्दा उनी फरार रहेकी छिन् ।

यो सँगै शुक्रबार ति माता बिरुद्ध प्रहरीमा उजुरी परेसँगै प्रहरीले सम्पूर्ण प्रकृया पुरा गरेर माता भन्ने महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
माता पक्राउ परे सँगै कानुनी प्रकृया सुरु भएको श्रेष्ठको भनाई छ । मुद्धा दर्ता भए सँगै फरार रहेकाहरु कानुनी रुपमा आफै अघि आउनु पर्ने उनले बताए । दोसीलाई कारवाहीँ हुनु पर्छ र पिडितले न्याय पाउनुपर्छ भन्ने हो श्रेष्ठले भने । इलाका प्रहरी कार्यालय धुलाबारीले ति मातालाई केहीँ बेर अघि पक्राउ गरि ल्याएको छ । पक्राउ परेसँगै माताको आसेपासेहरु माता छुटाउन लागि परेका छन् ।
अनुसन्धान अनलाईनबाट

४ बर्ष अगाडि

प्रतिक्रिया