विश्वकप: पाकिस्तान भारतसँग सधैँ निरीह

४ बर्ष अगाडि

एजेन्सी – चार दशक लामो एकदिवसीय क्रिकेट विश्वकपमा अहिलेसम्म पाकिस्तानले भारतलाई हराउन सकेको छैन ।

विश्वकपमा सधैँ पाकिस्तानमाथि भारत हाबी हुँदै आएको छ । अहिलेसम्म ६ पटकको भिडन्तमा भारतले सबै खेलमा बाजी मारेको छ ।

आइतबार हुने खेलमा पाकिस्तान ऐतिहासिक सफलता प्राप्त गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ । तर, उच्च फर्ममा रहेको अपराजित भारतविरुद्ध जित निकाल्न पाकिस्तानका लागि त्यति सहज छैन ।

राजनीतिक द्वन्द्वका कारण दुई राष्ट्रबीच घरेलु सिरिज हुन सकेको छैन । यसैकारण आइसिसीले आयोजना गर्ने प्रतियोगितामा यी दुवै राष्ट्र एकअर्काविरुद्ध भिड्न सधैँ लालायित हुन्छन् ।

सन् १९९२ को विश्वकपमा भारत र पाकिस्तान पहिलोपटक एकअर्काविरुद्ध भिडेका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया