भारत र पाकिस्तानबिचको खेल रद्ध हुन सक्ने

४ बर्ष अगाडि

काठमाडौँ – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार सर्वाधिक प्रतिक्षित खेल हुँदै छ । आज भारत र पाकिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबीच बिरलै प्रतिस्पर्धा हुने गर्दछ । आन्तरिक विवादका कारण यी दुई देशले लामो समय देखी एक अर्कामा सिरिज खेलेका छैनन् । तुलनात्मक रुपमा पाकिस्तान भन्दा भारत बलियो टोली मानिन्छ । तर पाकिस्तानले वेला वेला अप्रत्याशित नतिजा निकाल्दै विश्व क्रिकेटलाईनै आश्चर्यमा पार्दै आएको छ ।

विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई हराउन सकेको छैन । यी दुई देशबीच विश्वकपमा ६ खेल हुँदा ६ खेलमै पाकिस्तान पराजित भएको छ । त्यसैले पाकिस्तान आजको खेलमा भारतलाई हराउदै इतिहास रच्ने अवसर र चुनौती दुबै छ । प्रमुख उपाधीको दाबेदार टोली मध्य एक भारत भने इतिहासको नतिजा कायमै राख्ने दाउमा छ ।

वर्षाका कारण खेल रद्ध  हुन सक्ने 
जारी विश्वकपमा चार खेल वर्षाको कारण रद्द भएको छ । त्यस्तै आज भारत र पाकिस्तानबीचको खेल पनि वर्षाले प्रभावित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज हुने भारत र पाकिस्तानको मैदानमा पानि पर्ने संभावना देखिन्छ । जुन मैदानमा शनिवार पानी पर्दा कभर पुरै ढाकिएको छ । मैदान केहि हिलो भएको छ । जुन मैदान सुक्न ४,५ घण्टा घाम लाग्नुपर्ने इन्डिया स्पोट्सले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया