महिनाको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट,यस्ता छन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

४ बर्ष अगाडि

काठमाडौँ - महिनाको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकले गिरावट आएको छ । यस दिन नेप्से ११ दशमलव ३६ अंकले घटेर १ हजार २ सय ५८ दशमलव २७ को अंकमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै बिहिबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ८७ अंकले घटेर २ सय ६९ दशलमव ९७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७४ कम्पनीको १४ लाख ७३ हजार ८ सय ८ कित्ता शेयर खरिदबिक्री भई ४७ करोड २५ लाख २० हजार ८ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ । तर शुक्रबार १ सय ७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका सबै ११ समूहको शेयर मूल्यमा गिरावट आएका छन् । सबैभन्दा बढी निर्जिवन विमा समूहको १११.०३ अंकले गिरावट आएको छ । बैकिङ समूह ७.१३ अंक, होटल समूह २७.५७ अंक, विकास बैं समूह ११.९२ अंक, जलविद्यूत समूह १०.८१ अंक, वित्त समूह ६.७१ अंक, उत्पादन समूह ३५.२९ अंक, अन्य समूह ७.१३ अंक, लघुवित्त समूह ३०.२ अंक, जीवन विमा समुह ३५.४५ र म्युचल फण्ड समूह ०.०३ अंकले गिरावट आएका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । जसको कारोबार २ करोड ९५ लाख ८० हजार ५ सय ६४ रुपैयाँ बराबरको भएको छ । त्यस्त शिवभ सिमेन्टको २ कराड ५५ लाख १६ हजार ५७८ रुपैया, सिद्धार्थ बैंकको २ करोड ५४ लाख ६६ हजार ७६८ रुपैयाँ, कृषि विकास बैंकको १ करोड ८१ लाख ६७ हजार ६२१ रुपैयाँ, एनआईसी एशिया बैंकको १ करोड ६० लाख ९० हजार ९४० रुपैयाँ, प्रभु बैंकको १ करोड ४१ लाख ५८ हजार ७६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्वाधिक कमाउने कम्पनी
यस दिन सर्वाधिक कमाउनेमा नेपाल एग्रो लघुवित्तका लगानीकर्ताहरु रहेका छन । जसको शेयर मूल्यमा ६ दशमलव ७५ प्रतिशतले बढेको छ । त्यस्तै गणपति माइक्रोफाइनान्सको ६.५९ प्रतिशत, गुराँस लघुवित्तको ४.८९ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ४.११ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.८३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
यस दिन सर्वाधिक गुमाउने कम्पनीको सूचिमा महिला सहयात्रा लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य ७ दशमलव ८७ प्रतिशतले घटेको छ । त्यस्तै विजय लघुवित्तको ६.६० प्रतिशत, आँखु खोला जलविद्युत कम्पनीको ६.२५ प्रतिशत, लक्ष्मी लघुवित्तको ६.२० प्रतिशतले गिरावट आएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया