लोकसेवा आयोगमा तालाबन्दी

४ बर्ष अगाडि

काठमाडौँ – विज्ञापन फिर्ता नलिएको भन्दै लोकसेवा आयोगको कार्यालयमा मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको छ । 
प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको हो । 
आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए।

ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो । आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै मासले चेतावनी दिएको छ। करिब एक घण्टा पछि ताला खोलिएको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया