(Monday, 22 July, 2019)
By: आजको अर्थ
असार १, २०७६

काठमाडौँ - कानुन मन्त्रालयका उपसचिवहरुले शुक्रबार धुलिखेलको एक रिसोर्टमा तोडफोड गरेका छन् । आर्थिक वर्ष २०७५ र०७६ सकिनै लाग्दा समिक्षा गोष्ठी गर्न पुगेका उनीहरुले नसाको तालमा हंगामा गरेको पाइएको हो ।

शुक्रबार गोष्ठी गर्ने क्रममा कानुन मन्त्रालयका उपसचिवहरुबीच मनमुटाव भई झगडा गरेको होटेल सञ्चालकले बताए । उनीहरुले होटलका कुर्सी र फ्रिज तोडफोड गर्न थालेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ । 

त्यसलग्तै त्यहाँ प्रहरी पुग्दै गरेको खबर प्राप्त भएको छ । उक्त कुटाकुटमा को-को छन् सो बारेमा पुरा विवरण आउन बाकि छ । 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत