भारतको दोस्रो विकेट गयो

४ बर्ष अगाडि

काठमाडौँ – आइसिसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत र पाकिस्तानबिच भएको खेलमा भारतका ब्याट्सम्यान रोहित शर्मा आउट भएका छन् । 

रोहितले १४०  रन बनाएर आउट भएका हुन् । उनलाई हसान अलिले आउट गरेको हुन् । उनले ११३ बलमा १४० रन बनाएका थिए । 

भारतका ब्याट्सम्यान केएल राहुललाई पाकिस्तानका वहाब रियाजले बाबर आजमबाट क्याच आउट गराएका थिए । राहुलले  ७८ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिएका छन् । 
अहिले क्रिजमा विराट कोहली र हार्दीक पाण्डे छन् । हाल समाचार तयार पार्दा सम्म भारतले २ विकेटको क्षतिमा २५१ रन बनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया