उपत्यकामा चोरको बिगबिगी

४ बर्ष अगाडि

काठमाडौं– राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ! प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रुपमा बढेको छ । 
पाकेटमारले प्रहरीलाई नै चकित पार्नेगरी पाकेटमारी र चोरी  गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूलाई प्रहरी संगठनकै सदस्यका रुपमा समेत प्रस्तुत गर्ने गरेको बताइएको छ । 
व्यवसायिक पकेटमारले विभिन्न क्षेत्र छुट्याएर कोड भाषा प्रयोग गरी पैसा मोबाइल तथा सुनचाँदी भएका व्यक्ति पहिचान गरी आफ्नो धन्दा चलाउँदै आएको खबर राजधानी दैनिकमा छापिएको छ । प्रहरीले जेठ महिनामा मात्रै ८२ जना पाकेटमारलाई पक्राउ गरिएको जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया