चितवन बस दुर्घटना: एकको मृत्यु, २० घाइते

४ बर्ष अगाडि

चितवन – चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ । 

मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया