यमराजले पनि प्राण लिन नसकेका ५ व्यक्ति

४ बर्ष अगाडि

गीतामा भनिएको छ कि संसार मा हरेक चिज नश्वर हुन्छ, जसको जन्म हुन्छ उसको मृत्यु तय हुन्छ तर हिन्दु शास्त्रमा लेखिएको छ- यस्ता महान आत्माहरु छन जसलाई यमराजले पनि साथ लाने साहस गर्न सकेनन्।यस्ता व्यक्ति संसारमा तब सम्म रहन्छन् जब सम्म संसार रहन्छ। संसार खतम भएपछि मात्र यस्ता आत्मा विलिन हुनेछन् । त्यसैले यो नश्वर संसारमा अमर मानिन्छन।
हिन्दु धर्मशास्त्रमा उल्लेख भएका महान अमर व्यक्तिहरु यसप्रकार छन्‘:

राजा बलि
बलिसत्य युगमा असुर वंशमा जन्म लिएर पनि भगवान विष्णुका भक्त राजा बलि आफ्नो बलको कारणले इन्द्रलोक सहित सम्पुर्ण पुथ्वीमा आधिपत्य गरेका थिए। देवताहरुको प्रार्थनापछि भगवान विष्णु वामनको रुपमा प्रकट भएर राजा बलि सँग तीन बित्ता जमिन दानमा मागे, दुई बित्तामा भगवानले पृथ्वी र देवलोक को नापे तेस्रो पाउ राख्नको लागि केही नबचेपछि बलिले आफ्नो शिर दिएका थिए। भगवान विष्णु राजा बलिको उदारता बाट प्रशन्न भएर चिरन्जिवि हुनेका वरदान दिएका थिए। दक्षिण भारतमा पोंगल नामक पर्वका बेलामा सो पर्व हेर्न राजा बलि पातालबाट पृथ्वीमा आउछन भन्ने मान्यता छ।

महाबलि हनुमान
हनुमान रुद्रका एघारौं अवतार मानिन्छन्। विष्णुका अवतार रामको युगमा जन्मेका हनुमानको भगवान रामले प्रलयकाल सम्म पृथ्वीमा रहेर मानवताको रक्षा गर्नु भन्ने वरदान दिएको हुँदा आज पनि हनुमान कुनै न कुनै रुपमा प्रकट हुन्छन भन्ने मान्यता छ।

परशुराम भगवान
राम जन्मनु भन्दा अगाडि पृथ्वीमा भएको अत्याचारबाट मुक्त गर्न भगवान विष्णुको छैटौं अवतारको रुपमा यिनको जन्म भएको थियो। राम अवतारको समयमा सीता स्वयंवरमा रामसँग भेट हुँदा भगवान रामले सुदर्शन चक्र कृष्ण अवतारको बेला आवश्यक हुने ठानी दिएका थिए र सो चक्र सम्हालेर राखेका थिए। भगवान परशुरामलाई उनका पिताबाट अमर हुने वरदान मिलेको कारण कृष्ण अवतारको समयमा गुरुबाट शिक्षा लिएर घर जाने बेलामा सो चक्र भगवान कृष्णलाई दिएर आफ्नो कर्तव्य पूरा गरेका थिए। अहिले पनि उनी जिवित छन र कही तपस्या गरिरहेका छन भन्ने मान्यता छ।

सेनापती कृपाचार्य
महाभारत युद्धमा कौरबका सेनापति कर्णको मृत्यु पश्चात कृपाचार्य सेनापति बनाइएका थिए। तर भिमले दुर्योधनलाई मारेपछि महाभारत युद्ध समाप्त भयो। यो मानिन्छ कि महाभारत युद्धमा जम्मा १८ महावीर बाँचेका थिए र उनीहरु मध्ये कृपाचार्य पनि एक थिए। कृपाचार्यको अमर हुनेका बरदान मिलेको थियो जसको कारण उनी युग युग सम्म जिवित रहे।

अश्वत्थामा
अश्वत्थामा द्रोणाचार्यका पुत्रको रुपमा भगवान कृष्णको युगमा जन्मेका थिए। महाभारत युद्धमा पिता द्रोणाचार्यको मृत्युको बदला लिने क्रममा पाँच पाण्डवको निन्द्रामा मार्ने योजना बनाएका थिए। तर संयोगबश पाण्डव सम्झेर उनका छोरालाई मारेको कारण अश्वत्थामा लाई दण्ड दिन लाग्दा ब्रहमास्त्र चलाएर उत्तराको गर्भमा रहेको अभिमन्युको छोरा परिक्षतलाई मार्ने प्रयास गरेका थिए। जसको कारण भगवान कृष्णले उनको शिरमा चम्किरहेको मणिको निकालिदिए र यस पश्चात पृथ्वीमा अनन्त समयसम्म घाउको साथमा भड्किरहेस भनेर श्राप दिएकोले आज पनि शिरमा घाउ लिएर यता उता घुमिरहन्छन भन्ने मान्यता छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया