८ अर्ब लगानीका लागि युनाइटेड डिस्टिव्यूटरले गरायो रेटिङ

४ बर्ष अगाडि

काठमाडौं – केयर नेपालले युनाइटेड डिस्टिव्यूटर नेपालको ८ अर्ब बराबरको लगानीका लागि रेटिङ गराएको छ ।

केयर नेपालले सो कम्पनीलाई केयर एन पि थ्री बी प्रदान गरेको छ । विगत १६ वर्षदेखि सञ्चालनमा रहेको सो कम्पनीले उपभोग्य सामग्री तथ अन्य म्यानुफ्याकचरिङ क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीको अध्यक्षमा अनुज अग्रवाल रहेका छन् ।

उनी नेपाल इन्फास्टकचर बैंकको अध्यक्ष समेत रहेका छन् । यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेको विवेक अग्रवाल म्यानेजिङ डाइरेक्टर रहेको यूडिएनले थप लगानीका लागि रेटिङ गराएको पाइएको छ ।

लामो समयसम्मका बैंकको सुविधाका लागि ४२३ मिलियन, छोटो समयका लागि ६५१० मिलियन र प्रस्तावित रुपमा रहेको छोटो समयको बैंक सुविधाका लागि १५६ मिलियन र बैंक ग्यारेन्टीका लागि ९१० मिलियन गरी कूल ८ हजार मिलियन अर्थात् ८ अर्ब लगानीका लागि रेटिङ गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया