योगी आदित्यनाथलाई बर्खास्त गर्न माग

४ बर्ष अगाडि

नयाँदिल्ली – उत्तर प्रदेशमा योगी आदित्यनाथलाई बर्खास्त गर्न माग गरिएको छ । 

पीएसी (प्रोविंशियल आर्म्ड कॉन्स्टेब्युलरी) का कन्सटेबल मुनीश यादवलाई उनले बर्खास्त गरेपछि उनले आफ्नो बर्दीसँगै रातो समाजवादी टोपी लगाएर जिल्ला कलेक्ट्रेटमा एक प्लान लिएर पुगेका थिए । उनको त्यो टोपीमा लेखिएको थियो, योगीलाई बर्खास्त गर । भारतीय संच्चारमाध्यम एनडी टिभिका अनुसार  मुनीश यादवले मिडियासँग कुरा गर्दे भनेका छन्, उनलाई राज्य सरकारले बर्खास्त गर्नुपर्याे । किनकि उनले कानुन र व्यवस्था कायम राख्न बिफल भएका छन् । 

उनले भनेका छन्, म जिल्लाअधिकारीको माध्यमबाट राज्यपालको यस सम्बन्धमा ज्ञापन पत्र बुझाउन आएको थिए । तर जे.बी सिंहले भनेका छन् कन्सटेबल मुनीशले  जिल्लाअधिकारीसँ भेटेका छैनन् । तर उनले मिडियाकर्मीसँ भने घटनाको बारेमा जानकारी दिएका छन् । हाल मुनीश यालवलाई नोएडामा राखिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया