एउटा फोटो लिन  हजार फिट अग्लो बिल्डिङमा चढेपछी...

४ बर्ष अगाडि

एजेन्सी–मान्छेका इच्छा पनि अनेक । यिनै इच्छाको पछि दोडँदा मानिसले धेरै हद पार गर्ने गरेका छन् । इच्छापूर्ति गर्न कोही अपराधी भने धेरैले अनाहकमा ज्यान गुमाए । यहाँ हामी एक युवतीको चर्चा गर्छौ जसले एउटा फोटोको मोहमा निक्कै ठूलो जोखिम मोलिन ।

यसरी फोटोका लागि ज्यान नै दाउमा राख्न अग्रसर हुने युवती हुन रुसी मोडल विक्टोरिया ओदिन्त्कोवा । उनले फोटो खिच्नका लागि दिएको पोज हेर्ने मान्छे एक पटक सिरिङै हुन्छ ।२३ वर्षीया ओदिन्त्कोवाले फोटो खिच्न जोखिम मोल्दै हजार फिट अग्लो बिल्डिङको बाहिरपट्टि गइन । त्यो पनि सुरक्षाका साधन बिनानै । उनलाई त्यो बेला अरु कुनै सोच नै आएन मात्र फोटो राम्रो हुनुपर्‍यो ।

 उनका यी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् । यी तस्वीरले तरंगित उनका फ्यानले फोटोकै लागि ज्यानै जोखिममा राख्नु राम्रो नहुने बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया