वाग्मती पछि तिलावे पुलमा पप्पू कन्स्ट्रक्स्नको अर्काे बदमासी

४ बर्ष अगाडि

काठमाडौं – जताततै विवादित रहेको पप्पू कन्स्ट्रक्सनले वाग्मती पुलमा पनि बदमासी नै गर्यो । त्यस्तै बदमासी पर्सा जिल्लाको तिलावे पुलमा पनि देखिएको छ ।

निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय समेत गुज्रिसक्दा पनि पप्पुले पर्सा जिल्लाको तिलावे पुललाई अझै अलपत्र पारेको पाइएको छ ।

संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले तिलावे पुलको स्थलगत अवलोकन गरे पछि बदमासी सार्वजनिक भएको हो । पप्पुले पुल निर्माणमा चरम लापरवाही गरेको स्पष्ट देखिएको पाइएको छ ।

एक हप्ताभित्र पुलको पाइल्स निर्माण गरि अस्थायी आवत जावतको व्यवस्था नगरे कारवाही गर्ने चेतावनी पनि पप्पूले पाएको छ ।

यस्तै  रौतहट जिल्लाको सन्तपुर पिपरा गौर सडक अन्तर्गत चेतनगर सडकमा कमसल कालोपत्रे गरिएको पाइएको छ ।

स्थलगत अनुगमनका क्रममा कालोपत्र गरिएको सडक कमजोर देखिएकाले तत्काल प्राविधिक परीक्षण गरि दोषी उपर कारवाही गर्न संसदको विकास समितिले हुलाकी सडक आयोजनालाई निर्देशन दिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया