‘लभ यु हमेशा’ को फस्र्टलुकसँगै प्रदर्शन मिति सार्वजनीक

४ बर्ष अगाडि

काठमाडौं - फिल्म लभ यु हमेशाको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । 

भाष्कर प्रधान निर्देशीत फिल्म ६ भदौमा देशभरका हलमा प्रदर्शन हुदैछ । आइडियल डिजाइनर्सले डिजाइन गरेको लभ यु हमेशाका बिभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ ।

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज,रिचा र फिजाका साथमा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिदैछ ।

निर्देशक भास्करकै कथा,शिब ढकालको छायांकन,एनबि महर्जनको द्धन्द्ध निर्देशन,भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

लभ यु हमेशाको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया