५५ करोडको आइपीओ आउदै

४ बर्ष अगाडि

काठमाडौँ – साहस ऊर्जा लिमिटेड कम्पनीले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ५५ करोड रूपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो। 

उक्त आइपीओ जारी गर्नका लागि बिक्री प्रबन्धको रुपमा एनआईबीएल क्यापिटल र क्रेडिट रेटिङका लागि इक्रा नेपाल प्राइभेट लिमिटेडसँग सम्झौता भइसकेको कम्पनीको भनाइ छ ।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब ५० करोड र जारी पुँजी  ३ अर्ब रहेको छ भने चुक्तापुँजी  २ अर्ब ४५ करोड रहेको छ । संस्थापकबाट कुल जारी पूँजीको ८१ दशमलव ६७ प्रतिशत चुक्ता भइसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया