बानेश्वर प्रहरीको सक्रियतामा ७४ वटा सीसी क्यामेरा जडान (फोटोसहित)

४ बर्ष अगाडि

काठमाडौँ – काठमाडौँ महानगरपालिका ३२ स्थित सुविधानगर क्षेत्रभित्र ७४ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्त संघ र सुरक्षित नागरिक समाजको सहकार्यमा सीसी क्यामेरा जडान गरिएको हो ।

सीसी क्यामेरा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले  समाजलाई सुरक्षित बनाउन सीसीटिभी क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने बताए । डीएसपी काफ्लेले विधिन्न सरकारी निकाय र नीजि संघसंस्थाहरुको सहकार्यमा ३७ लाख ३५ हजार रुपैयाँ लागतमा ७४ वटा सीसी क्यामेरा जडान गरिएको बताए ।
एकीकृत उपभोक्त संघ र सुरक्षित नागरिक समाजको सहकार्यमा सीसी क्यामेरा जडान गरिएको हो । 

अपराध रोकथाम तथा न्यूनिकरण, सामाजिक विकृति विसंगती विरुद्ध जनचेतना अभिवृद्व गर्ने कार्य, सुरक्षा व्यवस्थापनमा जनसहयोग एवं समग्र सामुदायीक सुरक्षालाई मजबुत बनाउन नेपाल प्रहरी सदैव अघि रहनुपर्ने डीएसपी काफ्लेको भनाई थियो । 

 जडान गरिएको सीसी क्यामेरा महान्याधीवक्ता अग्नी प्रसाद खरेलले उद्घाटन गरेका थिए । लगत्तै सीसी क्यामेरा खरेलले नेपाल प्रहरीलाई हस्तान्तरण गरे । बानेश्वर वृत्तबाट नै सीसी क्यामेराको मोनिटरिङ् हुनेछ ।

एक वर्षसम्म क्यामेराको सम्पूर्ण मर्मत सम्भार जडान  कम्पनीले गर्ने र त्यस पश्चातको सम्पूर्ण मर्मत सम्भार एवं सञ्चालन ३ वटा संस्थाहरुले गर्ने बताइएको छ ।



 

४ बर्ष अगाडि

प्रतिक्रिया