बालकको यौनाङ्गमा खुर्सानी दल्ने महिला पक्राउ

४ बर्ष अगाडि

भारत अलिगढ प्रहरीले चार बालकको यौनाङ्गमा खुर्सानीको धुलो दल्ने एक ५५ वर्षे महिलालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार घटना आइतबार दिउँस साढे तीन बजेको हो । ६ देखि ८ वर्ष उमेर समूहका ती चार बालक आरोपी महिलाको घरबाहिर उनकी नातिनीसँग खेलिरहेका थिए । 

मुन्नी देवी नाम गरेकी ती महिलालाई लाग्यो कि, ती बालकहरु उनकी नातिनीमाथि यौन दुर्व्यवहार गरिरहेका छन् । त्यसपछि उनले ती चार बालकलाई जबरजस्ती आफ्नो घरमा लगिन् र यौनाङ्गमा खुर्सानी दलिदिइन् ।  

छिमेकीले उजुरी गरिदिएपछि प्रहरी तत्कालै घटनास्थल पुगेर मुन्नी देवीलाई गिरफ्तार गरेको छ । अस्पताल पु-याइएका चार बालकको यौनाङ्गमा क्षति पुगेको चिकित्सकले जनाएका छन् ।

खैर वृत्तका प्रहरी अधिकारी सञ्जीव दीक्षितका अनुसार बालबालिकाविरुद्धको यौन दुर्व्यवहार कानुनअन्तर्गत ती महिलामाथि कारवाही अगाडि बढाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया