बझाङमा जीप दुर्घटनाान १० को मृत्यु, ५ घाइते

४ बर्ष अगाडि

बझाङ –बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु  भएको छ भने ५ जना घाइते भएका छन । सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु र ५ जना घाइते भएका हुन ।
दुर्घटनामा मष्टा गाउँपालीका १ का सुरेन्द्र थापा चालक, हिम्मत खडका, सरोज खडका,जुना खडका, विपना खडका,धौलीदेवि खडका,कलक खडका,जुनधारा खडका,लक्ष्मी खडका, भक्त द्घाल गरी गरी १० जनाको घटना स्थलमा नै मृत्यु र सोही ठाउँका संगिता खडका,अनिता द्घालको घटनास्थलमा नै मृत्यु भएको र जनक द्घाल,गोकुल शाही,संगिता खडका र गणेस खडका गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डियसपी सुर्य बहादुर केसीले बताए ।
जीप सडक भन्दा झण्डै ५ सय मिटर खसेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया