त्रिवि सेवा आयोग परीक्षा प्रकरण, प्रश्नपत्र निर्माणदेखि नतिजासम्म त्रुटि

४ बर्ष अगाडि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाइएको छ । प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म त्रुटि भएको पाइएको हो । आयोगले नियम मिच्दै एकलौटी तरिकाले प्रश्नपत्र निर्माणदेखि नतिजा निकालेको पाइएको हो ।
परीक्षा प्रक्रियामा लोकसेवा आयोगका एक जना सदस्यको अनिवार्य उपस्थिति हुने प्रावधान छ । तर, लोकसेवा आयोगका सदस्य ब्रह्मदेव रायले त्रिविको परीक्षा प्रक्रियामा आफूलाई औपचारिकता निभाउन मात्रै बोलाइएको बताए ।
उनले भने, ‘मन लागेपछि बोलाउने, मन नलागेपछि नबोलाउने काम भएको छ । लोकसेवा आयोगको अनुभवका आधारमा जानुपर्छ भन्दा पनि सल्लाह नमानेको पाएँ ।’ प्रश्नपत्र बनाउनेदेखि परीक्षणसम्मको गोपनीयतामाथि प्रश्न चिह्न उठेको स्रोतले बताएको छ । राजधानी दैनिकमा खबर छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया