काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा देखिएका समस्याबारे पार्टी र मन्त्रिपरिषद्मा गम्भीर छलफल गरेर निर्णय लिने बताएका छन् ।
काठमाडौं उपत्यकाका जनप्रतिनिधिसँग ओलीले बालुवाटारमा सोमबार छलफलमा गरेका हुन् । ‘गुठी विधेयकमा विवाद किन ? र के गर्दा उचित हुन्छ’ भन्ने विषयमा प्रधानमन्त्रीले काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सभा सदस्य, मेयर, उपमेयर र वडाध्यक्षहरूसँग छलफल गरेका थिए । जनप्रतिनिधिका कुरा सुनेपछि ओलीले छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने आश्वासन दिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया