ओम अस्पताल काण्ड: बाँकी रकम मिनाहा गर्ने सहमति भएसँगै मगरको अन्त्येष्टि

४ बर्ष अगाडि

काठमाडौँ – गएको बिहिबार ओम अस्पतालमा उपचारको क्रममा निधन भएको रामप्यारी थापा मगरको अन्त्येष्टि गरिएको छ । 

सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारीको ओम अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा गत बिहीबार मृत्यु भएको थियो । बिरामी पक्षले अस्पताललाई तिर्न बाँकी रकम मिनाहा गर्ने सहमति भएसँगै उनको सव आफन्तले बुझेका थिए । 

पत्थरीको शल्यक्रिया गर्ने चिकित्सकले रामप्यारीको पेटको आन्द्रा काटिएको र आन्द्रा नटाली अप्रेशन गरेको घाउँमा टाका लगाउँदा इन्फेक्सनको कारणले उनको निधन भएको भन्दै आफन्तहरुले अस्पतालमा नाराबाजी गर्दै आईरहेका थिए । 

पिडित पक्ष,प्रहरी र अस्पताल प्रशासनको निरन्तरको छलफल पछि आज परिवारले सव बुझेका छन् । तर यो घटनाको दोषि को भन्ने कुराको जवाफ भने अझै सम्म आउँन सकेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया