समता अस्पतालमा २७ वर्षीया युवतीको झुण्डीएको अवस्थामा शव फेला

४ बर्ष अगाडि

काठमाडौँ – बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डीएको अवस्थामा फेला परेको छ । 

सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् । 

रामेछापको दोरम्बा घर भएकी विमला केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । मृतक तामाङका आफन्तले अस्पतालमा तोडफोड गरे पछि भिडलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया