श्रममन्त्री स्वदेश फिर्ता

४ बर्ष अगाडि

काठमाडौँ–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी भई आज साँझ स्वदेश फर्किएका छन् । 

    जेनेभामा रहँदा उनले आइएलओले आयोजना गरेको १०८औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मर्यादित श्रमको अभ्यास, श्रमिकका हकअधिकार स्थापित गर्ने विषय र सामाजिक सुरक्षा तथा सामाजिक संवादका माध्यमबाट असल श्रम सम्बन्धको विकास गर्न नेपालले शुरु गरेको नीतिगत, संस्थागत र कार्यगत सुधारका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए ।

    सम्मेलनकै दौरान उनले विभिन्न मुलुकका समकक्षीसँग श्रम आप्रवासनका क्षेत्रमा सहकार्यका लागि औपचारिक तथा अनौपचारिक छलफल गरेका थिए। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया