चीनले सवा दुई अर्बको सैन्य सामग्री सहयोग गर्ने

४ बर्ष अगाडि

काठमाडौँ — चीनले नेपाली सेनालाई १५ करोड युआन (करिब २ अर्ब ४० करोड रुपैयाँ) बराबरको सैन्य सामग्री सहयोग गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत १५ करोड युआन बराबरका सामग्री तथा सवारी साधन प्रदान गर्नेछ । कान्तिपुरमा खबर छ ।

चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषदका सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।त्यही क्रममा थापा र चिनियाँ समकक्षीबीच बुधबार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी नेपाली सेनाले दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया