सुरुङमा थुनिएका ६ चिनियाँसहित १७ कामदारको सकुशल उद्दार

४ बर्ष अगाडि

काठमाडौं– सुख्खा पहिरोका कारण सुरुङमा थुनिएका सबै १७ मजदुरको सकुशल उद्दार गरिएको छ । 
रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत मजदुर गएराती ८ बजेतिरदेखि थुनिन पुगेका थिए । 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा उनीहरुको आज बिहान ७ बजे उद्दार गरिएको रसुवाका प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकालले जानकारी दिए । 

उनका अनुसार ६ चिनियाँ र ११ नेपाली कामदार गरी १७ जना सुरुङभित्रै थुनिएका थिए ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया