काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, छलफलका ४ एजेण्डा तय

४ बर्ष अगाडि

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतवारका लागि बोलाइएको छ । 
पार्टी केन्द्रीय कार्यालय सानेमा बस्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रीत सदस्यको उपस्थिति रहने छ । 

बैठकका लागि चार एजेण्डा तय गरिएको छ । 
१. नियमावलि संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलि, २०७६ माथी छलफल,
२. राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समिक्षा,
३. भातृ एवं शुभेच्छुक संस्थाको विधान सम्वन्धमा,
४. समसामयीक राजनीतिक विषयका सन्दर्भमा ।

४ बर्ष अगाडि

प्रतिक्रिया