आँखामुनिको कालो घेरा, यसरी हटाउनुहोस् !

४ बर्ष अगाडि

एजेन्सी – आँखामुनिको छाला कालो हुने अर्थात् डार्क सर्कलका कारण मानिसको अनुहारको सुन्दरतामै असर पर्दछ । यसका विभिन्न कारण हुन सक्दछन् ।

अधिक तनाव, अनिद्रा, हर्मोनको बदलाव तथा असन्तुलित जिवनशैली र कतिपय अवस्थामा आनुवांशिक कारणले पनि आँखाको तलपटि्ट कालो घेर बन्दछ । डार्क सर्कल हटाउने दाबी गर्ने विभिन्न ब्यूटी प्रडक्ट बजारमा उपलब्ध छन् । तर यदि छाला संवेदनशील भएमा त्यस्ता ब्युटी प्रडक्ट हानिकारक सावित हुनसक्छन् । त्यसैले डार्क सर्कल हटाउनका लागि यी घरेलु उपाय लाभदायक हुन्छन्:

– डार्क सर्कल हटाउनका लागि गोलभेँडा एक राम्रो उपाय हो । प्राकृतिक तरिकाले यसले डार्क सर्कल हटाउन सहयोग गर्दछ । गोलभेँडाको रसलाई कागतीको रसको केही थोपामा मिलाएर आँखाको मुनिपटि्ट लगाउनुहोस् । यसो गर्दा केही दिनमै डार्क सर्कल हट्दछ ।

– डार्क सर्कल हटाउनका लागि आलुको पनि प्रयोग गर्न सकिन्छ । आलुको रसमा पनि कागतीको रसका केही थोपा मिलाउनुहोस् । उक्त घोललाई कपासको सहायताले आँखाको मुनिपटि्ट रहेको कालो छालामा लगाउनुहोस् ।

– भिजेको टि ब्यागको प्रयोगले पनि डार्क सर्कल हट्दछ । टि ब्यागलाई केही बेरसम्म पानीमा डुबाएर राख्नुहोस् । त्यसपछि चिस्याउनका लागि राख्नुहोस् र निकालेर आँखामाथि राखेर उत्तानो परी पल्टिनुहोस् ।
१० मिनेटसम्म भिजेको टि् ब्याग आँखामाथि राख्नाले डार्क सर्कल हट्दछ ।

– चिस्याएको दुधमा जमेको तरको लेप लगाउनाले पनि डार्क सर्कल हटाउन सहयोग गर्दछ ।

– सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिँध्नुहोस् । त्यसपछि उक्त धुलोमा थोरै गुलाब जल मिलाएर लगाउनाले पनि डार्क सर्कल हटाउन सहयोग गर्दछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया