पाँच दलित किशोर मुम्बईमा  नौ महिनादेखि बन्धक

४ बर्ष अगाडि

राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका पाँचजना दलित किशोरलाई मुम्बईमा बन्धक बनाइएको छ । सिरहाका दुई, सप्तरीका दुई र उदयपुरका एक किशोरलाई बन्धक बनाइएको हो । 

यसरी बन्धक बनाइएकामा लहान–१५ लग्राहाका राजकुमार सदायका छोरा १६ वर्षीय सरोज सदाय र १४ वर्षीय विजय सदाय, सप्तरी प्रीतमपुरका १५ वर्षीय ललकु सदाय र १४ वर्षीय प्रमोद सदाय तथा उदयपुर गाईघाटका १५ वर्षीय अक्षय सदाय छन् । उनीहरूलाई पछिल्लो नौ महिनादेखि परिवारसँग कुरासमेत गर्न नदिएको मुम्बईमा बन्धक परेर फर्किएकामध्येका ३३ वर्षीय जितन सदायले बताए । मुम्बई पुगेको एक महिनामै भागेर फर्किएका उनी लग्राहाकै हुन् । जितनसहित चारजना असोजमै मुम्बईबाट भागेर घर आइपुगेका थिए । तर, उनीहरूसँगै गएका पाँचजना अझै मुम्बईमै बन्धक छन् । नयाँ पत्रिकामा खबर छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया