सार्वजनिक होला त कोहिनुर हीरा !

४ बर्ष अगाडि

काठमाडौँ। विश्वमै दुर्लभ मानिएको कोहिनुर हीरा के अब आमनेपालीले अवलोकन गर्न पाउलान् ? राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपतिनाथको कुल भेटी आम्दानी नगद, जिन्सी सार्वजनिक गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएपछि यो कौतुहलता बढेको छ । 
पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष एवं हाल प्रदेश ३ सभा सदस्य नरोत्तम वैद्यका अनुसार वि.सं. २००२ को जयबागेश्वरी तहबिलको एक अभिलेखमा यो हीरा रहेको र जयबागेश्वरीका सबै गरगहना पशुपतिनाथ मूल ढुकुटीमा भिœयाउने क्रममा हीरा पनि ढुकुटीमै रहेको अनुमान छ । नाथको मन्दिरको मूल ढुकुटीमा के कति धनमाल के कस्तो अवस्थामा छ भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । 
एक दशकअघि यकिन गर्ने प्रयास भए पनि सर्वोच्च अदालतले २०६६ पुस २७ गते उत्प्रेषणयुक्त परमादेश जारी गर्दै ढुकुटी खोल्न रोकेको थियो । पशुपतिनाथ भण्डार तहबिलको पछिल्लो अभिलेखअनुसार नाथको ढुकुटीमा २०१९ सालयता नौ किलो २७६.६४ ग्राम सुन र ३१६ किलो ५८६ ग्राम चाँदी दाखिला छ तर २०१९ सालअघिको अभिलेख भने छैन । मन्दिरको ढुकुटीमा प्रवेश गर्न अनुमति पाउने नाथका विसट नाइके अरुण श्रेष्ठका अनुसार २०१९ सालअघिको अभिलेख तत्कालीन कौसी तोषाखानासँग हुन सक्छ । 
पशुपतिनाथमा कोहिनुर हीरा तत्कालीन जङ्गबहादुर कुँवर राणाले लखनउ विद्रोह साम्य पार्न गएताका भगाइएकी गोरखपुरे महारानीका साथ यहाँ भित्रिएको अनुमान गरिन्छ । श्री ३ जङ्ग संस्थाका अध्यक्ष यमजितप्रताप जङ्गबहादुर राणा भन्छन्, “जङ्गका धेरै रानी भए पनि यी गोरखपुरे महारानीको सालिक बनाई उनले बिहान–बेलुकी दुई पटक आरती उतार्नेसमेत व्यवस्था गरे । थापाथलीमा रहेको उनको सालिकमा दुई पटक आरती उतार्ने चलन अहिले पनि विद्यमान छ । ” राणाका अनुसार महारानीले आफूसाथ अमूल्य धनमाल भित्र्याएकाले यो व्यवस्था भएको हुन सक्छ । 
गाेरखापत्रमा याे खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया