आर्थिक वर्ष ७६/७७ को बजेट बहुमतले पारित

४ बर्ष अगाडि

काठमाडौं – आर्थिक वर्ष २०७६/७७ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

अर्थमन्त्री खतिवडाले ‘आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६ माथि विचार गरियोस्’ र ‘ऋण तथा जमानत (२३औँ) संशोधन विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्तुत गरेका फरकफरक प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको हो।

बैठकमा ती विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सेवामा कर लाग्छ तर कुन सेवामा कसरी लगाउने भन्ने र करको दरबारेमा भने छलफल गर्न सकिने बताएक थिए। उनले भने, ‘पूर्वाधार निर्माण र पूँजीगत खर्चका लागि ऋण लिने भनिएको हो, आन्तरिक ऋण स्वीकार्य सीमाभित्रै छ।’

४ बर्ष अगाडि

प्रतिक्रिया