यस्तो के भयो 'भ्वाइस अफ नेपाल' सिजन 2 मा ? (भिडियो रिपोर्ट)

४ बर्ष अगाडि

काठमाडौँ –  ‘द भ्वाइस अफ नेपाल’ सिजन 2 मा यतिबेला कोच अभया र सनुप पौडेल निकालीएको भन्ने खबरले सामाजीक संज्जाल तताइरहेको छ । खासमा यो सिजन टु तात्नु भनेको अभय सुब्बा र सनुप पौडेल बाहिरिएकाले हो ।  त्यो पनि उनिहरुलाई थाहै नदिई द भ्वाइस अफ नेपालले अभय सुब्बा र सनुप पौडेललाई बाहिर राखेपछिको हो । 

सिजन वानमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका थिए । उक्त चारजनामध्ये दुईजना दीप श्रेष्ठ र प्रमोज खरेल सिजन टुमा यथावत रहेपनि अभय सुब्बा र सनुप पौडेल भने बाहिरिएका हुन् । 
सिजन वानमा चर्चाको केन्द्रमा रहेका अभया सुब्बा र सनुप पौडेललाई आखिर सिजन टुमा किन छैनन् रु यो चर्चाको विषय बन्यो ।
जुन बाहिरिनु परेको कारण के हो भनेर अभया सुब्बाले घोर आपत्ति जनाएकी छिन् । अभयाले सोमबार आफ्नो ब्यान्डको आधिकारिक युट्युब अकाउन्टमा भ्वाइस अफ नेपालका निर्देशकको भनाई खण्डन गरेकी छिन् । उनले आफूलाई थाहै नदिइ भ्वाईसबाट निकालेको पनि उनले बताइन् । उनले भ्वाइस अफ नेपालमा जसले अत्यधिक मेहनत गर्‍यो उसैलाई निकालियो भन्दै चित्तसमेत दुखाएकी छिन् ।

१३ मिनेट लामो उक्त भिडियोमा फिनालेमा उपस्थित नहुनेबारे आफूले तीन महिनाअघि देखि नै भ्वाइसको व्यवस्थापनलाई जानकारी दिएको र उनीहरुले नै आफूलाई मेलबर्नमा कन्सर्टका लागि जान अनुमती दिएको जानकारी दिइन् । उनले यसबारे गरिएको एसएमएसलाई पुष्टिको रुपमा उपलब्ध गराएकी छिन् ।

 

भिडियो:

४ बर्ष अगाडि

प्रतिक्रिया