हजुरबाबाटै पाँच वर्षीया नातिनीमाथि कुकर्म

४ बर्ष अगाडि

काठमाडौं । प्रहरीले जबर्जस्ती करणीका धेरैजसो घटनामा परिवारभित्रै र चिनजानका व्यक्तिको संलग्नता रहने गरेको बताइरहेका बेला राजधानीमा आफ्नै हजुरबाबाट नातिनी बलात्कृत भएकी छन् । 

ललितपुर टीकाथली बस्दै आएका ५१ वर्षीय हजुरबाले आफ्नै पाँच वर्षीया नातिनीलाई गत सोमबार राति बलात्कार गरेका हुन् । हजुरबाले दाजुसँग सुतिरहेकी बालिकालाई उठाएर आफू सुत्ने कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
रौतहट चन्द्रनिगाहपुर–१ पौराही घर भएका उनीहरु गत २२ जेठदेखि टीकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका थिए । आरोपीका छोरा र बुहारी विदेशमा भएको प्रहरीले बताएको छ । आमाबाबु विदेशमा रहेका कारण नाति नातिनीहरु हजुरबासँग बस्दै आएको प्रहरीले जनाएको छ ।

नातिनीले आफूलाई हजुरबाले सुतेको अवस्थामा अर्काे कोठामा लगेर बलात्कार गरेको भन्दै फुपूसँग गुनासो गरेपछि फुपूमार्फत प्रहरीसमक्ष बलात्कारको जाहेरी परेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई पक्राउ गरेको हो । वृत्तका डीएसपी गौतम मिश्रले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।राजधानी दैनिकमा याे खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया