साढे ५४ करोडको कचौरा,चिनियाँ नागरिकले गरे खरिद

४ बर्ष अगाडि

एजेन्सी – तपाईले कल्पना गर्नु भएको छ, आफ्नै घरमा भएको पुरानो सामान बेचेर करोडपति बन्न सकिन्छ भनेर ? यो सामान्य प्रश्न भए पनि स्विजरल्याण्डको एक दम्पतीले पुरानो कचौरा बेचेर ५४ करोड ४० लाख प्राप्त गरेका छन् । 

ती दम्पतीले घरमा टेनिस बल राख्न प्रयोग गर्दै आएको कचौरा बेचेर उक्त पैसा आम्दानी गरेका हुन् । उनीहरूले सुरूमा कचौरा बेचेर यति धेरै रकम प्राप्त गर्ने सोचेका थिएनन् । चीनको भ्रमण गर्दा खरिद गरेको सो कचौरा १७ औँ सताब्दीको भएको उनीहरूले बताएका छन् । 

कचौरा देखेर चकित भएका लिलामी विशेषज्ञहरूले दुर्लभ भएको जानकारी पाए । सुरुमा एक जना मानिसले कचौरा देखेर आश्चर्यचकित भएसँगै चचाए सुरु भएको थियो । 

सुरुमा ती दम्पतीले बर्लिन संग्रहालयलाई कचौरा राख्न प्रस्ताव गरेका थिए । तर संग्रहालयका अधिकारीहरूले सो प्रस्ताव अस्वीकार गरे । पछि उनीहरूले लिलामीका लागि ब्रिटिश कम्पनीलाई तस्वीर पठाएका थिए । त्यहाँ पनि कम्पनीले लिलामी नगर्ने जानकारी दिएका थिए । 

दुई प्रस्ताव स्वीकार भएपछि ती दम्पतीले कचौरामा टेनिस बल राख्दै आएका थिए । पछि स्विजरल्याण्डमा भएको लिलामी अक्सनमा राखेपछि टोकरीको मूल्य ५४ करोड ४० लाख रूपैयाँमा बिक्री भएको थियो । कचौरा एक चिनियाँ नागरिकले लिलामीमा किनेका थिए । पित्तलबाट भनेको कचौराको दुवैतर्फ ुफिनिक्स हेडु रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया