जसको मनमा भारतको विरोध छ,उसको मन भित्र डर हुनुपर्छ : गृहमन्त्री शाह

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतका गृहमन्त्री अमित शाहले आतंकवादको विरुद्धमा आफुहरुले घरमै पसेर सफाई दिएको बताएका छन् । 

जम्भु कश्मीरको मुद्धामा गृहमन्त्री शाहले आतंकवादको विरुद्धमा आफुहरुले घरमै पसेर सफाई दिएको बताएका हुन् । 

जम्भु कश्मीरको समस्या बीजेपीले उठाएको हैन,संसदमा बोल्दै शाहले भने जम्भु कश्मीरमा लोकतन्त्रको मजाक उडाइयो । अमित शाहले कांग्रेस नेतामाथि औल्याउदै भने,इतिहासको कुरा गर्ने हो भने तपाइहरुले पनि गाली सुन्नु पर्नेछ ।

उनले भनेका छन्, कांग्रेसले जम्भु कश्मीरमा सानो विरुवा रोप्यो त्यो आज रुख बनिसकेको छ । उनले यसमै थपेका छन्, जसको मनमा भारतको विरोध छ उसको मन भित्र डर हुनुपर्दछ । हामी टुक्रा टुक्रा ग्याङ्ग को मेम्बर होइनौ । 

४ बर्ष अगाडि

प्रतिक्रिया